शोमा पक्षपात भएको भन्दै हलबाट उतारियो ‘राधा’

१५ भदौ २०७९ ४:४५

यसअगाडि केही हलबाट केही चलचित्र उतारिएको उदाहरण थियो । तर, हलले पक्षपात गरेको भन्दै सबै हलबाट नै चलचित्र उतारिएको घटना ‘राधा’मा देखिएको छ । निर्माणपक्षले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा निर्देशक सुवर्ण थापाले भने–‘तीजको दिनमा पनि प्राइम समयमा शो नदिएपछि हलमा राख्नुको अर्थ के हो ? हामीले अर्को चलचित्रको जस्तो ठूलो स्वरले आवाज उठाएनौं । तर, चलचित्र चल्ने दिनमा नै शो नै खुम्चिएपछि विभेद भएको महशुश भयो र उतारेका हौं ।’

सुरुवाती दिनमा देशभरका हलमा ४५ शो पाएको तर शनिबार नै ४० शोमा खुम्चिएको भन्दै निर्माणपक्षले आक्रोश पोखेको हो ।समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएको यो चलचित्रलाई प्राइम टाइममा शो नदिएको भन्दै मेकरले दुखेसो गरेका छन् ।

सौगात मल्ल र सुवर्ण थापाको निर्माणमा सुवर्णकै निर्देशन रहेको चलचित्रमा श्रृष्टी श्रेष्ठ शिर्ष भूमिकामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *