रिलिज भैरहेका फिल्ममा मनोरञ्जन मिस भयोः केकी अधिकारी

१३ भदौ २०७९ १६:०९

नायिका केकी अधिकारीले पछिल्ला केही महिनादेखि रिलिज भैरहेका चलचित्रमा मनोरञ्जनको अभाव भैरहेको प्रतिक्रिया आफूले दर्शकबाट पाएको बताएकी छिन् । आज आयोजना भएको पत्रकार सम्मेलनमा केकीले भनिन्–‘पक्कै पनि केही समयदेखि रिलिज भैरहेका चलचित्रमा सबै कुरा राम्रो छ, तर कही कतै मनोरञ्जन मिस भएको प्रतिक्रिया मैले दर्शकबाट सुनेकी छु । यो कुरा झिङ्गे दाउ’ले पुरा गर्छ ।’

केकीले यो चलचित्रलाई कुनै एक समयको कथा भएपनि पुर्ण फिल्मी तरिकाले नै प्रस्तुत गरिएको बताएकी हुन् । उनले भनिन्–‘झिङ्गे दाउ हेर्दा कुनै वृत्तचित्र हेरे जस्तो लाग्दैन । यो चलचित्रलाई पुरै चलचित्रकै शैलीमा बनाइएको छ । यसमा पूर्ण मनोरञ्जन छ ।’

नेपाली चलचित्रका निर्देशकहरुले फरक कथा भन्ने नाममा दर्शकलाई मनोरञ्जन दिन नै बिर्सिएका छन् । जसकाकारण, हलमा दर्शकको अभाव देखिएको छ । ‘कबड्डी ४’ पछि रिलिज भएका कुनै पनि चलचित्रले व्यापार नगर्नुको कारण पनि यही नै हो ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रले भने यी सबै अभावलाई पुरा गर्ने केकीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *