आँचल र केकीको दोस्ती

१३ भदौ २०७९ १५:५८

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरुविच खासै मेलमिलाप हुँदैन भनिन्छ । तर, २ पुस्ताका नायिकाहरु केकी अधिकारी र आँचल शर्माको मित्रता भने गज्जबको देखिएको छ । बिबाहित यी दुई नायिकाको कुरा पनि हिजोआज खुबै मिल्छ । भदौ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘झिङ्गे दाउ’को प्रचारमा देखिएका यी दुई नायिका यो चलचित्रबाट उत्साहित पनि छन् ।

चलचित्रमा यी दुई जेठानी र देउरानीको भूमिकामा देखिएका छन् । चलचित्रका लागि यी दुईले एक अर्कासँग झगडा पनि खुबै गरेका छन् । तर, पर्दा बाहिर भने यी दुइको मित्रता फस्टाउँदो छ । केकी र आँचल दुबैका लागि यो चलचित्र चल्न आवश्यक छ । ज्ञानेन्द्र देउजाको निर्देशकिय क्यानभासमा केकी र आँचलले ५० बर्ष अगाडिको जिन्दगी बाँचेका छन् ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *