शहनाज र नोरा शाजिदको 100 % मा

१३ भदौ २०७९ १५:४७

टेलिभिजनको दुनियाँबाट उदाएकी कलाकार शहनाज गिल बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनले, आज सामाजिक संजालबाट आफ्नो दोश्रो बलिउड चलचित्रको घोषणा गरेकी छिन् ।

एनले, चलचित्र ‘100 %’मा काम गर्न लागेको घोषणा गरेकी छिन् । यो चलचित्रमा शहनाजका अलवा रितेश देशमुख, जोन अब्राहम र नोरा फतेहीको मुख्य भूमिका रहनेछ । यो चलचित्र आउँदो बर्षको तिहारमा रिलिज हुने निर्माणपक्षले बताएको छ ।
च्लचित्रमा २० प्रतिशत कमेडी, २० प्रतिशत रोमान्स, २० प्रतिशत म्यूजिक, २० प्रतिशत कन्फ्यूजन र २० प्रतिशत एक्सन हुने सार्वजनिक मोशन पिक्चर्समा उल्लेख गरिएको छ ।

यो चलचित्र प्रेम, बहिे, परिवार र जासुसीको बारेमा रहेको समेत निर्माणपक्षले उल्लेख गरेको छ । यो चलचित्रलाई साजिद खानले निर्देशन गर्ने पक्का भएको छ । सन् २०१८ मा लागेको ‘मि टू’पछि साजिदले नयाँ चलचित्र निर्देशन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *