‘सम्हालिन्छ कहिले मन’को टिकटक बनाउँदा १ तोला सुन्न जित्ने अवसर

१३ भदौ २०७९ १२:३६

भदौको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को निर्माण टिमले सुन जित्ने मौका ल्याएको छ । चलचित्रको गीत र संवादमा टिकटक बनाउनेमध्ये सर्वाधिक धेरै भ्यूज बटुल्न सफल एक प्रयोगकर्ताले एक तोला सुन प्राप्त गर्ने निर्माणपक्षले बताएको छ ।

सहभागी हुन चाहनेले तिजको ब्रत बस्ने दिन मंगलबार बिहान ६ बजेदेखि चलचित्रको ३ वटा गीत र ट्रेलरका कुनै पनि बिषय छानेर टिकटक बनाउन सक्नेछन् । भदौ १९ गते आइतबार राती १२ बजेसम्म सबैभन्दा धेरै भ्यूज पाउन सफल प्रतियोगीले १ तोला सुन पाउने बताइएको छ । भदौ २१ गते विजेताको घोषणा गरिनेछ । महिला र पुरुषले अलग–अलग टिकटक बनाउन पाउने पनि बताइएको छ । यो चलचित्रमा समावेश ‘जरुरी कुरा छ, हराएँ हराएँ, सम्हालिन्छ कहिले मन’ चर्चामा छ ।

सुदर्शन थापाको निर्देशन र एबी इन्टरनेशनलको ब्यानरमा तयार भएको चलचित्रमा नायिका पूजा शर्मा, नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यो त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र हो । यो चलचित्रको ९० प्रतिशत छायांकन बेलायतमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *