विकास बोर्डको सम्मान थाप्न नजानुबारे प्रदीप भन्छन्–‘बिरामी छाडेर बिहेमा किन जानु ?’(भिडियोसहित)

१२ भदौ २०७९ १६:४८

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘प्रकाश’ हेर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज विश्वज्योती हल पुगेका छन् । उनले, यो चलचित्र राम्रो बनेको भन्दै एकपटक हेर्न सबैसँग आग्रह गरे । हलमा नायक प्रदीप खड्का पनि पुगेका थिए । उनले, चलचित्र ‘प्रकाश’लाई बिरामी पार्न खोजिएको दोहोर्याए । हलमा शो बढेपनि अझै केही कुरा नपुगे जस्तो भएको उनले बताए ।

आज प्रदीपकै मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्षलाई चलचित्र विकास बोर्डले सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा प्रदीप उपस्थित थिएनन् । यस बिषयमा उनले भने–‘प्रेमगीतलाई उहाँहरुले संझिनुभयो र सम्मान गर्नुभयो, मैले थाहा पाएँ । तर, यतिबेला मेरो साथ कसलाई बढी छ भन्ने हो । म बिहेमा भन्दा बिरामी भएको मानिससँग हुन चाहन्छु । प्रकाशलाई बिरामी पार्न खोजिएको छ यसैले म यो चलचित्रसँग छु ।’

तर, यसो भन्दै गर्दा प्रदीपले फेरि आफू भोलीबाट ‘प्रेमगीत ३’को प्रचारमा हिड्ने बताए । उनले अब ‘प्रकाश’को ज्वाला दन्किसकेको भन्दै आफू यहाँ हुनु र नहुनुले अर्थ नराख्ने जवाफ दिए । यसैले, भोली नै ‘प्रेमगीत ३’का लागि आफू भारत जाने उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *