कुमारको निर्देशनमा अमिर र रुक्सानको रोमान्स

१२ भदौ २०७९ १४:५३

गायक अमित रसाईली र गायिका ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन छ ।

गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यले गरेका हुन् । त्यस्तै रवि कोइरालाले खिचेको गीतको भिडियोलाई बन्दे प्रसादले समपादन गरेका हुन् ।

लामो समय रंग पत्रकारितामा सक्रिय कुमारले पछिल्लो समय भिडियो निर्देशनमा पनि हात हालिरहेका छन् । उनले यो भिडियोमा २ मोडलको प्रेम र रोमान्स देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *