श्रृष्टी श्रेष्ठः अभिनयमा अब्बल, तर फिल्म असफल

१२ भदौ २०७९ १४:४६

नायिका श्रृष्टी श्रेष्ठले गत बर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘चिसो एष्ट्रे’ माठि ठूलो भरोसा राखिन् । यो चलचित्रमा आफूले फरक अभिनय गरेको भन्दै उनले प्रचार गरिरहँँदा उनको भूमिका चलचित्रमा हेरेकाहरु निराश भए । चलचित्र बक्स अफिसमा सुपर फ्लप हुँदा श्रृष्टीको कामको पनि तारिफ हुन सकेन ।

तर, यो बर्ष रिलिज भएका २ चलचित्रबाट भने उनी नेपाली चलचित्र क्षेत्रकी एक सक्षम नायिकाको रुपमा उदाएकी छिन् । भदौ ३ गतेबाट रिलिज भएको चलचित्र ‘माइकल अधिकारी’मा श्रृष्टीले गरेको अभिनयको प्रशंसा पनि भयो ।

तर, यो चलचित्रमा भन्दा बढी प्रशंसा श्रृष्टीले ‘राधा’बाट प्राप्त गरिन् । रिलिजको तेश्रो दिनसम्म आइपुग्दा यो चलचित्र बक्स अफिसमा असफल देखिएको छ । श्रृष्टीका प्रेमी सौगात मल्लको लगानीमा बनेको चलचित्रले बक्स अफिसमा खासै कमाल गर्न सकेन ।

तर, चलचित्र नचलेपनि श्रृष्टी श्रेष्ठको कामको भने मुक्तकण्ठले प्रशंसा भैरहेको छ । यो चलचित्रमा उनले निर्वाहा गरेको एक श्रीमतिको भूमिकाले दर्शकको मानसपटल हल्लाएको छ । योसँगै श्रृष्टी अब बोल्ड अभिनयका लागि चलचित्र क्षेत्रमा अग्रपंक्तिमा आएकी छिन् । श्रृष्टीले आगामी दिनमा पनि बलियो भूमिकामा काम गरिन् भने उनलाई दर्शकले साथ दिने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *