सामुयल अकोन्थासललाई ‘द नेशनल डिजाइनर रनवे’को उपाधि

१२ भदौ २०७९ १४:३८

मोडल सङ्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको प्रतियोगिता ‘द नेसनल डिजाईनर रनवे २०२२’ को उपाधि सामुयल अकोन्थासले जितेका छन् । प्रतियोगितामा ‘उत्कृष्ट फेसन डिजाइनर’ बनेका उनले उपाधिसँगै उनले ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फस्ट रनर अपको उपाधि जित्दा ब्ल्याक फिन्सले सेकेण्ड रनर अपको उपाधि आफ्नो पोल्टामा पारिन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा सविन ढुङ्गाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए । विजेताहरुलाई अन्तिम प्रतिस्पर्धाका निर्णायक मण्डल सदस्यसहित अडिसन राउण्डका जज सरोज ओझा, इभेण्ट आयोजक कम्पनी मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुत, इभेण्ट म्यानेजर स्वस्ती दंगाल र इभेण्ट को–अर्डिनेटर सोम बास्तोलाले चेक र खादासहित सम्मान गरेका थिए ।

‘द नेसनल डिजाईनर रनवे २०२२’ को विजेता छनोटअघि पूर्व विजेतासहितका अन्य फेसन डिजाईनरहरुबाट तयार पारिएका पहिरन ६० जना मोडलहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा ¥याम्पमा प्रदर्शन गरेका थिए ।

मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै तीन महिनापछि ‘द नेशनल डिजाइनर रनवे विन्टर सिजन’ गर्ने घोषणा गरे ।

कार्यक्रममा गायक विनोद ढकालले ‘ब्रुम ब्रुम’ र ‘उकालीमा पनि हजुर रेलै जाँदो रै’छ’ बोलको गीत गाएका थिए । ग्लोबल अनलाईन पे तथा जिओपी बजारको प्रायोजनमा आयोजित कार्यक्रमको फेसन स्टाईलिस पार्टनरमा मृगतृष्णा फेसन प्रोडक्सन, जिएसके भर्सटाइल, अर्किड फेसन स्टुडियो, सारा श्रेष्ठ, मायाली क्रियसन र वन्त योर विस थिए ।

त्यस्तै मेकअप पार्टनरमा फेसियल हाउस र मेकअप दरबार रहेका थिए । प्रतियोगिताको अफिसियल फोटोग्राफीमा क्याप्चर क्रु रहेको थियो । सोम बास्तोलासहित कार्यक्रमको इभेण्ट कोअर्डिनेसन कमिटीअन्तर्गत सागर श्रेष्ठ, परमानन्द चौधरी र शैलेस नेपाली थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *