विकास बोर्डको सम्मानमा किन गएनन् प्रदीप खड्का ?

१२ भदौ २०७९ १३:५०

चलचित्र विकास बोर्डले आज ‘प्रेमगीत ३’को टिमलाई सम्मान गर्यो । नेपाली चलचित्र क्षेत्रलाई विदेशी बजारमा पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै चलचित्र विकास बोर्डले चलचित्रको टिमलाई सम्मान गरेको हो ।

तर, एक विज्ञापनको छायांकनको कारण देखाउँदै नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ सम्मान कार्यक्रममा पुगेनन् । बरु, खड्का दिनभरजसो बलिउड नायक गोविन्दासँगै देखिएका थिए । उनले, गोविन्दासँग भारतमा चलचित्रको प्रमोशन कसरी गर्ने भन्ने बिषयमा सल्लाहा गरेको फोटो सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्ड चलचित्रकर्मीको अभिभावक संस्था हो । यसैले, पनि बोर्डले कुनै चलचित्रकर्मी वा चलचित्रलाई सम्मान गर्नु आफैमा खुशीको कुरा हो । बोर्ड अध्यक्ष भुवन केसीले यो चलचित्रको मात्र होइन, नायक प्रदीप खड्काको पनि खुलेरै प्रशंसा गरे ।

तर, नायक प्रदीप खड्का कार्यक्रममा नपुग्दा केही खल्लो महशुश भएको थियो । किनकी, यो चलचित्रलाई विदेशी बजारमा पुर्याउनका लागि प्रदीपले पनि निक्कै मिहिनेत गरिरहेका छन् ।

प्रदीप समय व्यस्तताले कार्यक्रममा नगएका हुन् या भुवन केसीसँग उनको केही समस्या हो यो उनले नै जान्ने कुरा भयो । तर, प्रदीपले विकास बोर्डको सम्मान कार्यक्रममा नजानु सुखद कुरा भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *