‘लाइगर’को बक्स अफिसमा कमजोर सुरुवात

११ भदौ २०७९ १४:४४

निक्कै नै खराब प्रतिक्रिया पाएको हिन्दी चलचित्र ‘लाइगर’ले बक्स अफिसमा पनि निक्कै कमजोर सुरुवात गरेको छ । बिहिबार बेलुकीबाट रिलिज भएको यो चलचित्रले हिन्दी भाषामा कमजोर व्यापार गरेको छ । विशेषगरि, यो चलचित्रले बिहिबार १.२५ करोडको व्यापार गरेको थियो । शुक्रबार चलचित्रको व्यापार ४.५० करोड पुगेको छ ।

२ दिनमा यो चलचित्रले ५.७५ करोडको व्यापार गरेको निर्माणपक्षले जानकारी दिएको छ । विजय देवरकोन्डा र अनन्या पाण्डेको मुख्य भूमिका रहेको यो चलचित्रले फाइटरको कथा भन्छ । तर, यो चलचित्रलाई दर्शक र समीक्षकले निक्कै नै कमजोर भनेका छन् ।

यसको असर चलचित्रको बक्स अफिसमा पनि देखिएको छ । करण जोहरले निर्माण गरेको चलचित्रले मेकरलाई ठूलै घाटा दिने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *