शनिबार केही हलमा सुखद देखियो ‘प्रकाश’को व्यापार

११ भदौ २०७९ १४:३४

शुक्रबार कमजोर सुरुवात गरेको चलचित्र ‘प्रकाश’ले शनिबार भने काठमाडौंका केही हलमा सुखद व्यापार गरेको छ । विशेषगरि, काठमाडौंको सिभिल, लाबिम र छायाँ सेन्टरका केही शोमा दर्शकको चाप उच्च देखिएको थियो ।

यो फिल्म हेरेपछि दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका छन् । जसको प्रभाव फिल्मको बक्स अफिसमा परेको निर्माणपक्षको दाबी छ । कर्णालीको परिवेशमा एक युवाको सरकारी स्कुलको शिक्षक बन्ने सपना र संघर्षको कथामा यो फिल्म बनेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का शिर्ष भूमिकामा देखिएका छन् । शुक्रबार केही हल पुगेका प्रदीप शनिबार भने कुनै पनि हलमा देखिएनन् । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । निर्माता अधिकारीले पनि फिल्मको शनिबारको व्यापारले आफूलाई उत्साहित बनाएको बताएका छन् ।

दर्शकले नायक प्रदीप खड्का, कलाकार दिया मास्के र नव–कलाकार रेनु योगीको अभिनयलाई पनि रुचाएका छन् । विकास सुवेदीको लेखनमा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

यो फिल्मले भोलीबाट गर्ने व्यापारले यसको भविष्य पक्का गर्नेछ । शनिबारको दिन ४ बर्षपछि फिल्ममा देखिएका नायक प्रदीप खड्कालाई हेर्न केही हलमा दर्शक भरीनु नयाँ कुरा होइन । आइतबारबाट पनि यो फिल्मले गज्जबको व्यापार गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *