झरना लेख्छिन्–‘चितुवासँगको लडाई कहिलेसम्म एक्लै लड्ने’ ?

११ भदौ २०७९ ६:३८

चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुँदा नेपालका हल संचालकहरुले ‘केजीएफ २’लाई काखा च्यापे । नेपाली चलचित्रलाई सिमित शोमा खुम्च्याएर साउथ चलचित्रमाथि उनीहरुको उच्च भरोसा देखियो । सो समयमा चलचित्रकी निर्मात्री तथा निर्देशक झरना थापाले ‘आज आफूहरुलाई टोकेको चितुवाले भोली अरुलाई पनि टोक्ने’ भन्दै सबैलाई एकजुट हुन आग्रह गरिन् । तर, सो समयमा कोही पनि बोलेन । झरना एक्लै सकिन्जेल लडिन् ।

अहिले नायक प्रदीप खड्का र उनको ‘प्रकाश’ टिम एक्लै लडिरहेको छ । उनीहरुको लडाईमा पनि खासै साथ दिने चलचित्रकर्मी देखिएका छैनन् ।

प्रदीप एक्लै आक्रोशित भएर हिडिरहेको समयमा झरनाले कटाक्ष गर्दै लेखेकी छिन्–‘हिजो हामीलाई झम्टेको चितुवाले आज प्रकाश र राधालाई पनि बाँकी राखेन । त्यतिबेला त्यो चितुवाको एक्लै प्रतिकार गर्नुपरेको थियो । आखिर यस्तो लडाई कहिलेसम्म ? जसलाई पर्छ उ मात्र एक्लै चिच्याउनु पर्दाको आघात हामीले राम्रैसँग भोगेका छौं । त्यसमाथि हामी आपसमा भिड्यौं । एक अर्काको अस्तित्व स्विकार नगर्ने, अरुको पीडामा कहिल्यै नबोल्ने, आफूलाई पर्दा मात्रै हारगुहार गर्ने हाम्रो स्वार्थीपना आजकै दिनबाट निर्मुल गरेर नेपाली चलचित्रमाथिको आक्रमणको प्रतिकारमा हामी सबै एक हुनुपर्छ । हिजो हामीलाई चिथोरेको चितुवाले आज गर्धन नै समातेको छ । यस्तै भैरहे, भोलि पुरै चलचित्र क्षेत्र नै निल्ने छ । चेतना भयाः ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *