‘छड्के २’को फस्टलुकमा अनमोलको ग्याङस्टार लुक्स

११ भदौ २०७९ ३:१९

भदौको ३ गतेबाट छायांकन भैरहेको चलचित्र ‘छड्के २’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको फस्टलुकमा नायक अनमोल केसीलाई मात्र प्रस्तुत गरिएको छ । अधिकांश चलचित्रमा चकलेटी नायकको रुपमा प्रस्तुत हुँदै आएका अनमोललाई यो चलचित्रमा भने ग्याङस्टार अवतारमा देखाइएको छ ।

अनमोलले यो चलचित्रका लागि खुबै मिहिनेत पनि गरेका छन् । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको चलचित्रको फस्टलुकमा अनमोलको छातीमा १९९४ लेखिएको छ ।

उनले हातमा तरबार लिएका छन् भने चुरोट तान्दै गरेको देख्न सकिन्छ । अनमोललको यो गेटअप उनका फ्यानक लागि सरप्राइज हुन सक्छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ । निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले यो चलचित्रका कार्यकारीनिर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *