‘राधा’का निर्माता सौगात, हलबाट पेलिदा पनि किन चुपचाप ?

११ भदौ २०७९ १:५९

शुक्रबारदेखि नै रिलिज भएको अर्को चलचित्र हो ‘राधा’ । यो चलचित्रले पनि दर्शकबाट उम्दा प्रतिक्रिया पाएको छ । स्लो भएपनि चलचित्रको प्रस्तुति गज्जबको रहेको प्रतिक्रिया चलचित्रलाई छ । तर, यो चलचित्रलाई पनि मल्टिप्लेक्सहरुले कम शो दिएका छन् । चलचित्रका लागि शुक्रबार १४ शो छुट्याएको क्यूएफएक्सले आज शनिबारका लागि १३ शो मात्र दिएको छ ।

तर, पनि यो चलचित्रका निर्माता सौगात मल्ल भने चुपचाप देखिएका छन् । उनले यो बिषयमा केही पनि बोलेका छैनन् । ‘प्रकाश’को मेकर र नायक आक्रोशित भैरहँदा सौगातले भने शो कम पाएको भनेर किन नबोलेका होलान् ?

यो चलचित्रबाट उनी निर्माताको रुपमा उदाएका छन् । चलचित्रमा नायिका श्रृष्टी श्रेष्ठको कामको पनि सर्वत्र प्रशंसा भैरहेको छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्रले जुन खालको शो पाउनुपर्ने हो त्यो अनुसार नपाएको निश्चित छ । तर, पनि सौगात मल्लले यो बिषयमा बोल्न आवश्यक किन नठानेका होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *