प्रदीपलाई झरनाको कटाक्ष–‘आखिर चितुवाले खायो हैन त’ ?

११ भदौ २०७९ १:४७

वैशाख १ गतेबाट नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ लाग्दै गर्दा साउथको ठूलो चलचित्र ‘केजीएफ २’ पनि लाग्दै थियो । मध्यरातमा यो चलचित्रका लागि शो दिएका प्रदर्शकहरुले नेपाली चलचित्रलाई हेपाहा प्रवृत्ती देखाए । झरना थापाले सो समयमा भनेकी थिइन्–‘आज हामीलाई झम्टिएको चितुवाले भोली तपाइहरुलाई पनि खान्छ है । यसैले मौन नबस्नुहोला ।’

झरना र सुहाना एकहोरो कराइरहँदा उनको साथमा बोल्ने कोही चलचित्रकर्मी भेटिएनन् । झरनाको चलचित्रले राम्रै व्यापार त गर्यो, तर कम शोको चपेटमा चलचित्र परेको थियो ।

आज ५ महिनापछि अर्को नियती फेरि दोहोरिएको छ । हिन्दी चलचित्र ‘लाइगर’का कारण प्रदर्शकले नेपाली चलचित्र ‘प्रकाश र राधा’लाई पाखा लगाए । निक्कै कम शोजमा खुम्च्याएर उनीहरुले विदेशी चलचित्रमाथि स्नेह देखाए ।

यसको विरोध नायक प्रदीप खड्का र ‘प्रकाश’ चलचित्रको टिमले गरिरहेको छ । यो चलचित्रले पाएको प्रतिक्रिया अनुसार शो नपाएको भन्दै प्रदीपले आक्रोश पोखिरहेका छन् । यो चलचित्रलाई हेपिएको उनको भनाई छ ।

प्रदीपले हिजो ‘ए मेरो हजुर ४’का निर्माता र निर्देशक कराइरहँदा एक शब्द बोलेका थिएनन् । आज, उनका लागि बोलिदिने अरु कोही पनि छैन । यी कुरा हेरिरहेकी नायिका झरना थापाले लेखेकी छिन्–‘आखिर चितुवाले खायो हैन त ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *