प्रदीपको आक्रोशको साइड इफेक्टः शनिबार ‘प्रकाश’को ९ शो बढ्यो(भिडियोसहित)

१० भदौ २०७९ ९:०८

नायक प्रदीप खड्काले आफू अभिनित चलचित्र ‘प्रकाश’लाई निक्कै कम शो दिइएको र शो वितरणमा चरम विभेद भएको भन्दै आक्रोश पोखिरहेका छन् । आज पनि रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रदीप आक्रोशित देखिए ।

उनको आक्रोश विशेषगरि, क्यूएफएक्स चेनसँग मात्र थियो । यो चलचित्रलाई शुक्रार अर्थात आज क्यूएफएक्सको देशभरीका हलमा जम्मा १३ शो दिइएको थियो । तर, प्रदीपको आक्रोशको साइड इफेक्ट परेर हो या ‘लाइगर’ नामक चलचित्रको कमजोर समीक्षा आएर हो, क्यूएफएक्सले ‘प्रकाश’को शो शनिबार उच्च वृद्धि गरेको छ । शुक्रबार यो चेनमा देशभर १३ शो पाएको चलचित्रले शनिबार २२ शो पाएको छ ।

चलचित्रले शनिबार राम्रो व्यापार गर्न सकेको खण्डमा आइतबारदेखि अझै शो वृद्धि हुने निश्चित छ । पत्रकार सम्मेलनमा प्रदीपले भने–‘चलचित्र नै नहेरी जुम्लामा खिचिएको चलचित्र भनेर विभेद गर्न पाइन्छ । दर्शकले टिकट काटेर हेर्नुहोस् भन्दा पनि हेर्न नसक्ने समीक्षा आएको चलचित्रलाई उच्च शो दिने तर प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई यति कम शो दिने ? यो विभेद किन ?’

चलचित्रका निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, नेता ज्ञानेन्द्र शाही र रिपोर्टस क्लबमा अध्यक्ष ऋषि धमलालाई अगाडि राखेर प्रदीपले भने–‘मलाई यसरी बोलेर मैले १ रुपैयाँ पनि पाउनेवाला छैन । फेरि म आत्तिएको पनि होइन । प्रेमगीत ३ आएपछि कसैले नराखेको रेकर्ड राख्छ भन्ने पनि मलाई थाहा छ । तर, पनि म किन चिन्तित छु भने यसले भोली घाटा मलाई भन्दा अरुलाई बढी हुन्छ भनेर म दौडिएको छु ।’

उनले, आफूहरुको चलचित्रलाई भित्तामा नै पुर्याउन थालेपछि बोल्नु परेको बताएका छन् । उनले भने–‘एउटा कम्पनीमा सबै मानिस सही हुन्छ भन्ने हुँदैन नी । हलको शो हाल्ने मानिस कतैबाट परिचालित भएको पनि हुनसक्छ । कलाकार भएको नाताले त म सुते पनि हुन्छ । तर, फ्लप बनाउन खोजिएपछि बोल्न परेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *