विजयको ‘लाइगर’ ‘आउटडेटेड’

१० भदौ २०७९ ५:४६

साउथ सुपरस्टार विजय देवरकोन्डाले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘लाइगर’ले समीक्षकहरुबाट निक्कै नै खराब प्रतिक्रिया पाएको छ । साथै, यो चलचित्रलाई दर्शकले पनि निक्कै खराब भनेका छन् ।

बलिउडका ट्रेड तरण आदर्शले यसलाई ‘आउटडेटेड’ भन्दै विजय देवरकोन्डालाई गतिलो चलचित्र दिनुपर्ने बताएका छन् । उनले, विजयले खराब चलचित्रबाट बलिउडका डेब्यू गरेको तर्क प्रस्तुत गरेका छन् ।

यो चलचित्रमा विजयको साथमा अनन्या पाण्डेको मुख्य भूमिका छ । फाइटरको कथामा तयार भएको यो चलचित्र निक्कै नै खराब रहेको प्रतिक्रिया आएसँगै यसको व्यापार बक्स अफिसमा निक्कै कमजोर हुने देखिएको छ ।

नेपालमा पनि महंगो रकममा किनिएको यो चलचित्रलाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका छन् । मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिदै गर्दा नेपाली चलचित्रमाथि भने चरम विभेद गरेका छन् । तर, समीक्षक र दर्शकको प्रतिक्रियाले वितरकको ठूलो लगानी धरापमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *