हलमा फ्लप हुन थालेपछि अक्षयको फिल्म सिधै ओटीटीमा

९ भदौ २०७९ १७:१३

बलिउड नायक अक्षय कुमारका एकपछि अर्को चलचित्रले बक्स अफिसमा कमजोर व्यापार गरिरहेका छन् । चलचित्रले निरन्तर असफल व्यापार गर्न थालेपछि उनलाई लिएर चलचित्र बनाइरहेका मेकरहरु पनि डराएका छन् ।

उनै, अक्षयको नयाँ चलचित्र ‘कटपुतली’ अब हलमा नलागेर सोझै ओटीटीमा रिलिज हुने भएको छ । यो चलचित्र सेप्टेम्बर २ तारिखमा डिज्नी हटस्टारमा रिलिज हुने भएको हो ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रका लागि डिज्नीले महंगो रकम तिरेको छ । यो चलचित्रका लागि डिज्नीले १ सय २५ करोड रुपैयाँ तिरेको छ । विशेषगरि, हलमा अक्षयका चलचित्रले खराब व्यापार गर्न थालेपछि ‘कटपुतली’को मेकरले सिधै ओटीटी रोजेको हो ।

यो एक सिलियर किलरको कहानी हो । जसमा स्कुलका विद्यार्थीलाई निशाना बनाइएको छ । पूजा इन्टरटेन्मेन्टले बनाएको यो चलचित्रमा अक्षय र नायिका राकुल प्रितको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *