‘लाइगर’को कब्जामा नेपालका मल्टिप्लेक्स, चेपुवामा ‘प्रकाश र राधा’

८ भदौ २०७९ १०:२५

शुक्रबारदेखि रिलिज हुन लागेका २ नेपाली चलचित्र ‘प्रकाश र राधा’ मल्टिप्लेक्सको शो वितरणमा चेपुवामा परेका छन् । काठमाडौंका मल्टिप्लेक्सले यी दुई चलचित्रलाई मध्ये हिन्दी चलचित्र ‘लाइगर’माथि बढी विश्वास गर्दा नेपाली चलचित्र चेपुवामा परेका हुन् ।

देशको सबैभन्दा बढी चेन भएको क्यूएफएक्सले विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित चलचित्र ‘लाइगर’लाई ६५ शोज उपलब्ध गराएको छ । तर, नेपाली चलचित्र भने कुल २७ शोमा खुम्चिएका छन् । काठमाडौंमा मात्र ‘प्रकाश’लाई ४ शोज दिएको क्युएफएक्सले देशभर १३ शोज दिएको छ । यस्तै, ‘राधा’ले देशभर क्यूएफएक्समा १४ शो पाएको छ ।

यस्तै, अवस्था विग मुभिज, वान सिनेमाज्मा पनि देखिन्छ । आज ‘प्रकाश’को प्रिमियर आयोजना हुन लागेको बीग मुभिजमा यो चलचित्रले जम्मा ३ शो पाएको छ । यस्तै, ‘राधा’ले पनि ३ शो मात्र पाएको छ । जबकी, ३ पर्दा भएको यो हलमा साढे २ घन्टाको ‘लाइगर’ले १० शो पाएको छ ।

काठमाडौंको नयाँ बाँनेश्वरमा रहेको वान सिनेमाज्मा पनि ‘लाइगर’ हाबी छ । यो हलको ३ पर्दामा ‘लाइगर’ले ९ शो पाउँदा ‘प्रकाश र राधा’ क्रमशः ३ र २ शोमा खुम्चिएका छन् ।

नेपालमा ‘लाइगर’लाई एप्पल र प्रचण्डमान श्रेष्ठले वितरण गर्दैछन् । करिब २ करोड भन्दा बढी नेपाली रुपैयाँमा ल्याइएका कारण पनि वितरकलाई ‘लाइगर’बाट सुरक्षित हुनुपर्ने दबाब छ । तर, शो वितरणमा भने मल्टिप्लेक्सले नेपाली चलचित्रमाथि ठूलो भेदभाव गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *