कार्तिक १८ मा आउने ‘मिलन’मा कुशल र शिल्पा

७ भदौ २०७९ १३:४९

चलचित्र ‘मिलन’ कार्तिकको १८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । टेक पौरखी राईको निर्देशनमा तयार भएको यो चलचित्रको सार्वजनिक पोष्टरमा कलाकारद्धय कुशल शाह ठकुरी र शिल्पा थापालाई फिचरिङ गरिएको छ ।

प्रदर्शन मिति तय भएसँगै यसको निर्माणपक्षले प्रचार पनि सुरु गरेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा निर्देशक राईकै कथा छ । चलचित्रमा नायक सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । चलचित्रमा शिशिर वाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिन एक्चै मगर लगायतको पनि अभिनय छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत, कुमार महर्जनको एक्सन छ । प्रविन थापाको निर्माणमा तयार भएको चलचित्रमा राहुल राईको छायांकन, तारा थापाको सम्पादन छ । काठमाडौं र कालिञ्चोकमा यो चलचित्र खिचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *