सुरक्षाको ‘बुलाकी’ पनि फागुण १९ मै पुग्यो

७ भदौ २०७९ ९:३४

तीज, दशैं र तिहारमा चलचित्रको रिलिज क्यालेन्डर हाउसफूल भएपछि निर्माताको आँखामा अब फागुपूर्णिमा र नारी दिवस देखिएको छ । यसैले, पनि फागुणको १९ गते धेरै निर्माताको आँखा परेको छ ।

यो मितिमा चलचित्र ‘परस्त्री र बर एन्ड बधु’ आउने निश्चित भैसकेको छ । तर, चुनावको असर देखाउँदै कार्तिक १८ गतेबाट पोष्टपोन्ड भएको चलचित्र ‘बुलाकी’ पनि अब फागुण १९ मै पुगेको छ । योसँगै एउटै मितिमा ३ वटा चलचित्रको रिलिज पक्का भएको छ ।

लक्ष्मण सुनारको निर्देशन र टोपेन्द्र बिष्टको लगानीमा बनेको यो चलचित्रमा नायिका सुरक्षा पन्त र कलाकार नरेन खड्का मुख्य भूमिकामा छन् ।

तीन चलचित्रको भिडन्त बक्स अफिसका लागि सुखद पक्कै पनि होइन । तर, बिदाको समयमा चलचित्र रिलिज गर्ने दौडमा लागेका निर्माताले त्यो मौका छाड्ने कुरा पक्कै पनि भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *