‘मिस मार्टिनी सन एन्जल’को टाइटल आश्मालाई, स्विमसुटमा ‘मिस यूनिभर्स नेपालका’ प्रतिस्पर्धी

७ भदौ २०७९ ९:१५

 

नग्मा श्रेष्ठ केन्द्रिय निर्देशक रहेको ‘मिस यूनिभर्स नेपाल २०२२’को फाइनल नजिक आउँदै गर्दा अन्तिम प्रतिस्पर्धा गरिरहेका २० जना यूवतीहरुको ढुकढुकी पनि बढिरहेको छ ।

नेपाल तथा विदेशबाट समेत आएका यूवतीहरुले बिहिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको ‘मिस मार्टिनी सन एन्जल’ विधामा र्याम्प नापेका छन् । उनीहरुले स्विमसुट र कक्टेल पहिरन लगाएर र्याम्प नापेका थिए । उनीहरुको हिडाई, पहिरन स्टाइल, आत्मविश्वासको आधारमा निर्णायकहरुले उत्कृष्ट छनोट गरेका छन् ।

‘मिस यूनिभर्स नेपाल २०२२’को एक टाइटलमा रहेको ‘मिस मार्टिनी सन एन्जल’को उपाधि आश्मा केसीले जितिन् । अष्ट्रेलियाबाट आएकी आश्माले सबैजना प्रतिस्पर्धी उस्तै रहेको भन्दै आफूमा केही फरक देखेर निर्णायकले विजेता बनाएको हुनसक्ने प्रतिक्रिया दिइन् ।

मिस यूनिभर्स नेपालकी केन्द्रिय निर्देशक नग्मा श्रेष्ठ, मोडल आस्था पोखरेल, डिजाइनर तेन्जिङ भुटिया र पूर्व मिस नेपाल इशानी श्रेष्ठ ‘मिस मार्टिनी सन एन्जल’को मुल्यांकन गर्न निर्णायकको रुपमा थिए ।

यसपटकको ‘मिस यूनिभर्स नेपाल’मा तेश्रो लिङ्गीहरुको प्रतिनिधीत्व गर्दै अनु अनमोलले सहभागीता जनाएकी छन् । उनले, आफ्ना समुदायलाई हेर्ने धेरै मानिसको दृष्टिकोण परिवर्तन हुन नसकेको भन्दै ‘मिस यूनिभर्स नेपाल’को स्टेजबाट आफूले सन्देश दिन चाहेको बताएकी छिन् ।

यो शोकी केन्द्रिय अध्यक्ष नग्मा श्रेष्ठले आउँदो बर्षदेखि गर्भवती, डिभोर्सी र विवाहित महिलाले पनि ‘मिस यूनिभर्स नेपाल’मा सहभागीता जनाउन सक्ने बताएकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *