पूजा भन्छिन्–‘फन्डाले फिल्म चल्दैन, तर मेरो नाम लिनेले नै फन्डा गर्दैछन्’(भिडियोसहित)

६ भदौ २०७९ १६:३४

नायिका पूजा शर्मालाई फन्डा गरेर चलचित्र चलाएको आरोप लाग्दै आएको छ । चलचित्र रिलिजको समयमा कहिले रोएर त कहिले आरोप प्रत्यारोपमा उत्रिएर चलचित्र चलाएको आरोप उनलाई बारम्बार लाग्दै आएको छ ।

तर, पूजा भने फन्डा गरेर चलचित्र चल्छ भन्ने कुरामा आफूलाई विश्वास नलाग्ने बताउँछिन् । पूजाले भनिन्–‘चलचित्र चल्नका लागि त कथा नै राम्रो हुनुपर्छ । फन्डा गरेर त कहाँ चलचित्र चल्छ र ? तर, म उपस्थित नै नभएको कार्यक्रममा पनि पत्रकारहरुले मेरो नाम जोडेर फन्डा गरिरहेका छन् । अरु, टिमले पनि अनावश्यक रुपमा मेरो नाम जोडेर आफैले फन्डा गरिरहेका छन् ।’

पूजाले अबदेखि आफूले रोएर चलचित्र नचलाउने बताइन् । उसो भए, यसअघि रोएर नै चलचित्र चलाउनु भएको हो त भन्ने प्रश्नमा उनले भनिन्–‘अब जसो गरेपनि सुख छैन । रोएर चलाउँदिनँ भन्दा पनि नहुने । मन भारी भएर रुँदा पनि नहुने ।’

भदौ १७ गते रिलिज हुन लागेको चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै पूजाले भनिन्–‘म आफूलाई भर्खरै मात्र सिक्दै आएकी नायिका हुँ भनेर मान्छु । यसैले, मेरो तह अझै पनि जिरो नै छ । म सिक्दैछु र अझै धेरै कुरा सिक्नु नै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *