‘सम्हालिन्छ कहिले मन’को तेश्रो गीत ट्रेलर भन्दा पावरफूल

६ भदौ २०७९ १६:२१

भदौको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को तेश्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीतको रुपमा सार्वजनिक गीतमा जेम्स प्रधानको संगीत, सुगम पोखरेलको स्वर र सुयोश भट्टराईको शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायकद्धय आकाश श्रेष्ठ र सोनाम तोप्देनको साथमा नायिका पूजा शर्माको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । यो गीतमा प्रयोग गरिएका केही संवाद यो चलचित्रको ट्रेलर भन्दा पनि पावरफूल छन् । अर्थात, चलचित्रको ट्रेलरले जगाउन नसकेको कौतुहलता यो गीत सार्वजनिक भएपछि दर्शकमा जागेको छ । यसअर्थमा, गीतको अडियो र भिडियो शक्तिशाली बनेको छ भनेर वुझ्न सकिन्छ ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अमित बस्नेत, अजीत केआर थापा, परि रानाको लगानी छ । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

चलचित्रलाई लण्डन, दुबई र मुस्ताङमा खिचिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *