‘लाइगर’ बायकटबारे विजय भन्छन्–‘मलाई यसको डर छैन’

६ भदौ २०७९ ४:०६

साउथका सुपरस्टार विजय देवरकोन्डा नयाँ चलचित्र ‘लाइगर’को साथमा दर्शकमाझ आउँदैछन् । यो चलचित्र आउँदो शुक्रबारबाट नेपाली बक्स अफिसमा चल्दैछ । तर, एकातिर विजय र नायिका अनन्या पाण्डे चलचित्रको प्रचारमा देश दौडाहामा छन्, अर्कोतिर यो चलचित्रलाई बहिष्कार गर्नुपर्ने आवाज पनि उठिरहेको छ । हुनत, पछिल्लो समयमा बलिउड चलचित्रलाई बायकट गर्नुपर्ने कुरा एउटा फेसन जस्तो भैसकेको छ ।

यो चलचित्रलाई बायकट गर्नुपर्ने २ कारणमा एउटा करण जोहरको फिल्म र दोश्रो नायिका अनन्या पाण्डे हुनुलाई मानिएको छ ।

तर, आफूहरुलाई बायकटले कुनै असर नगर्ने विजयको दाबी छ । उनले भने–‘मानिसहरु यो चलचित्रलाई बायकट गरिरहेका छन् । तर, यो कुरामा हामीलाई कुनै डर नै छैन । किनकी, यो चलचित्र निर्माणका लागि हामीले दिनरात नभनी मिहिनेत गरेका छौं । जब तपाई सही हुनुहुन्छ, त्यतिबेला तपाइले कसैलाई सुन्न आवश्यक छैन ।’

उनले अगाडि भने–‘जतिबेला हामीले यो चलचित्रको छायांकन सुरु गरेका थियौं, त्यतिबेला यस्तो बायकटको चलन थिएन । त्यतीबेला मलाई लागेको थियो कि चलचित्रलाई भारतभर रिलिज गर्नका लागि करण जोहर जस्तो अरु कोही पनि छैन । जो मानिसहरु यो चलचित्रलाई बायकट गरिरहेका छन्, उनीहरु पनि यही देशका हुन् र उनीहरुलाई पनि थाहा छ कि उनीहरुले यो देशका लागि के के गरेका छन् ।’

विजयले एउटा चलचित्रमा निर्देशक, निर्माता, नायक–नायिका मात्र नजोडिने बताए । भने–‘एउटा चलचित्रको सेटमा ३ सय भन्दा बढी मानिसहरुले काम गर्छन् । निर्माताहरुले कैयौं मानिसहरुलाई रोजगारी दिएका छन् । उनीहरुको आम्दानीको मुख्य माध्यम नै चलचित्र हो । जब, तपाई कुनै एउटा चलचित्रलाई बायकट गर्नुहुन्छ त्यतीबेला तपाइले एउटा कलाकारलाई मात्र नभएर हजारौं परिवारलाई पनि प्रभावित बनाउनुहुन्छ ।’

अगष्टको २५ तारिखबाट रिलिज हुन लागेको यो चलचित्र एउटा फाइटरको संघर्षको कथा वरिपरी घुमेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *