‘काला चश्मा’ स्टेप भाइरल भएपछि एलिजाको प्रतिक्रिया–‘कसैलाई अपराध गर्नु हुँदैन’

६ भदौ २०७९ ३:५०

मोडल एलिजा गौतम आफ्नो कामले भन्दा बेलाबखत गर्ने क्रियाकलाप भाइरल हुँदा बढी चर्चामा छिन् । उनी, कहिले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् त कहिले पहिरनका कारण ।

उनै, एलिजा विगत केही दिनदेखि टिकटकमा राखेको एक भिडियोका कारण भाइरल छिन् । ‘काला चश्मा’ बोलको हिन्दी गीतमा डान्स गर्दै गर्दा सारी लगाएर नाँचेकी एलिजाको स्टेप भाइरल भयो । हुनत, एलिजाले जस्तो स्टेप अरुले पनि गरेका छन् । तर, एलिजाको नै डान्स स्टेप भाइरल हुनुको कारण उनको सेलिब्रिटी फिगरले पनि काम गरेको देखिन्छ ।

सामाजिक संजालमा ट्रोल बनेकी एलिजाको मिडियामा पनि खुबै आलोचना भैरहेको छ । अत्याधिक आलोचना भएपछि उनले सामाजिक संजालमा यस्तै स्टेप गर्ने अन्य व्यक्तिहरुको भिडियो सार्वजनिक गर्दै लेखेकी छिन्–‘जिन्दगीमा कसैलाई अपराध गर्नु हुदैन । कहिले गलत काम गर्नु हुदैन । तर, यत्ती गर्दा गर्दै पनि कसैले तपाइलाई नराम्रो भन्छ भने भन्न दिनुहोस्, केही हुन्न ।’

एलिजाले आफूले गल्ती नगरेको तर मानिसहरुले अनावश्यक टिप्पणी गरेको तर्क पेश गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *