मेकरहरुले आफूलाई ब्रान्ड बनाउनु पर्यो क्या ! : मुकुन भुषाल(भिडियोसहित)

६ भदौ २०७९ २:४७

पहिलो चलचित्र ‘बुलबुल’बाट नै दर्शकमा फरक छाप छाड्न सफल कलाकार मुकुन भुषालसँग अहिले कामको अभाव छैन । मुकुन भने आफूलाई कथाले नछोएसम्म चलचित्र साइन नगर्ने बताउँछन् ।

तर, यसो भनिरहँदा कुनै पनि चलचित्रको व्यापार कलाकारको टाउकोमा थोपर्ने काम गर्न नहुने उनको तर्क छ । मुकुनले भने–‘कुनै कलाकारले एउटा चलचित्रमा गज्जबको काम गरेको हुन्छ, कुनै चलचित्रमा झुर नै काम गर्छ । यसको अर्थ भनेको निर्देशकले उसलाई कसरी काम गराउन सक्छ भन्ने हो ।’

मुकुनले अगाडि भने–‘मेकरहरुले आफूलाई ब्रान्ड बनाउनुपर्यो क्या । विदेशका केही चलचित्रमा पोष्टरमा निर्देशकको फोटो मात्र भएपनि चल्छ । तर, चलचित्र भनेको व्यापार पनि हो । निर्देशक ब्रान्ड नभएपछि सुरक्षित रहनको लागि चिनिएका अनुहारलाई चलचित्रमा लिइन्छ । कतिपय भाइरल भएकाहरुलाई पनि चलचित्रमा ल्याइन्छ ।’

मुकुनले आफूले हरेक प्रकारका भूमिका गर्न सक्ने बताए । उनले भने–‘मैले रोमान्टिक चलचित्र गर्न नै नसक्ने भन्ने होइन । तर, कथाले नछोएसम्म काम गर्दिनँ ।’

चलचित्र ‘झिङ्गे दाउ’ निर्देशन गरेका ज्ञानेन्द्र देउजाले यसअगाडि ‘मुना मदन’ जस्तो चर्चित कृतीमा पनि चलचित्र बनाइसकेको बताउँदै उनले आफूहरु चलचित्र चल्नेमा ढुक्क रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *