पाँच तारेमा आँचलदेखि आकाशसम्मको क्याटवाक

५ भदौ २०७९ १४:५८

चलचित्रको प्रचारमा दौडधुप गरिरहने नेपाली चलचित्रका कलाकारहरु शनिबार भने पाँच तारे होटल याक एन्ड यतिमा देखिए । नायक आकाश श्रेष्ठ, नायिका आँचल शर्मा पाँच तारेमा र्याम्पमा प्रस्तुत भएका थिए । ‘आइसी डिजाइनर रनवे ११’मा आँचल र आकाश शो स्टपर भएर पुगेका थिए । आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा चर्चित अनुहारको साथमा मोडलहरु र्याम्प नापेका हुन् ।

आकर्षक सजावटसँगै सुरु भएको फेसनमा शोमा २५ नेपाली, ७ भारतीय मोडलहरुले ६१ जना फेसन डिजाइनरहरुले तयार पारेका पहिरनमा र्याम्प नापेका थिए । ६१ जना डिजाइनर नै आइसी कलेजका ११ औं ब्याजका पास आउट विद्यार्थीहरु हुन् ।

फेसन शोमा नायिका आँचल शर्मा, नायक आकाश श्रेष्ठको साथमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मी श्रेष्ठ र नायिका रुविना थापा पनि हिडेका थिए ।

तस्वीरः राज मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *