गर्मीमा जाडोको लूगा लगाउँदै अनमोलले सुरु गरे ‘छड्के २’को सुटिङ

५ भदौ २०७९ १४:२३

फिल्म ‘ए मेरो हजुर ४’ रिलिजपछि लगालग ३ वटा चलचित्र साइन गरेका नायक अनमोल केसीले भदौको ३ गतेबाट चलचित्र ‘छड्के २’को छायांकन भने सुरु गरेका छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा यो चलचित्रको छायांकन चितवनबाट सुरु भएको छ । चितवनबाट सुरु भएको छायांकन सेटमा नायक अनमोल केसी बाक्लो कपडामा देखिएका छन् ।

चितवनको गर्मी महिनामा बाक्लो कपडा लगाएर देखिएकाले पनि अनमोल केसीको भूमिका के होला भन्ने प्रश्न सबैको मनमा उठेको छ । यो चलचित्रलाई ६० दिन लगाएर चितवन र मुस्ताङमा खिचिनेछ । चलचित्रको वर्कशप पनि चितवनमा नै भएको थियो ।

चलचित्रमा रविन तामाङ, कमलमणी नेपालको पनि मुख्य भूमिका छ । निर्माणपक्षले अन्य कलाकारको बारेमा केही पनि बोलेको छैन । काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्रमा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *