‘प्रेमगीत २’को दोश्रो टिजरः दृश्य र मेकिङले मोहनी लगाउँछ

३ भदौ २०७९ ७:०५

बक्स अफिसमा बम्पर व्यापार गर्छ भन्ने अपेक्षा गरिएको नेपाली चलचित्र ‘प्रेमगीत २’को पहिलो टिजरले विश्व बजारमा छुट्टै छाप छाडिसकेको छ । मेकरले अब यसको दोश्रो टिजर पनि सार्वजनिक गरेका छन् । दोश्रो टिजरमा मेकिङ र दृश्य गज्जबको देखिन्छ । दोश्रो टिजरमा पनि नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापालाई देखाइएको छ ।

विशेषगरि, दोश्रो टिजरले ७ गाउँका मानिसहरुले कसरी नायक पाए भन्ने देखाउन खोजेको छ । हिन्दी र नेपाली भाषामा सार्वजनिक टिजरले पनि पहिलो जस्तै दर्शकको उत्साहपूर्ण साथ पाउने निश्चित छ । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र असोजको ७ गतेबाट विश्व बजारमा रिलिज हुँदैछ । यो चलचित्र भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ ।

चलचित्रलाई राजेश श्रेष्ठले उत्कृष्ट तरिकाले खिचेका छन् । हिन्दी टिजर जी म्यूजिक कम्पनी र नेपाली टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *