‘२ नम्बरी’को टिजर हिट, ३ लाख टिकटक र १० लाख भ्यूज

३ भदौ २०७९ ५:५६

चलचित्र हेर्ने या नहेर्ने भन्ने निर्णय दर्शकले उक्त चलचित्रको गीतसंगीत, टिजर र ट्रेलरबाटै गर्छन् । यसैले, चलचित्र मेकिङमा निर्माणपक्षले जती दुःख गरेको हुन्छ, प्रचारमा पनि उत्तिकै दुःख गर्न आवश्यक छ । असोजको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ नम्बरी’को पहिलो प्रचार सामाग्रीले नै दर्शकमााझ छुट्टै छाप छाडेको छ ।

९ दिन अगाडि सार्वजनिक भएको टिजरले युट्युबमा १० लाख बढी भ्यूज पाइसकेको छ । दर्शक प्रतिक्रिया पनि उत्कृष्ट छ । सार्वजनिक टिजरमा मुख्य कलाकारहरु नायकद्धय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्धय उपासना सिंह ठकुरी र उगेन छोदेन हाबी छन् ।

विशेषगरि, दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । दया र सौगातविचको मित्रता पनि दर्शकको नजरमा परेको छ । यो चलचित्रको संवादमाथि नै ३ लाख भन्दा बढी टिकटक बनेका छन् । संवाद हिट हुँदा चलचित्रको व्यापारमा पनि ठूलो फरक पर्दछ ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भने–‘हामीले २ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजर भन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ ।’

दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ यो चलचित्रका निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्मात्रीको रुपमा छिन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *