कृष्ण जन्माष्टमीमा सुहानाको ‘भगवत गीता’को घोषणा, नयाँ बर्षमा रिलिज हुने

३ भदौ २०७९ ४:०२

नायिका झरना थापाको निर्देशनमा बन्न लागेको चौथो चलचित्र ‘भगवत् गीता’को घोषणा गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रको प्रदर्शन मिति र टिजर सार्वजनिक गरिएको हो ।

नायिका सुहाना थापालाई मात्र फिचर गर्दै यसको टिजर तयार पारिएको छ । जहाँ, सुहानाको २ वटा रुप देख्न सकिन्छ । सुहाना मन्दीरमा दौडिएकी छिन् । तर, उनको आँखामा फेरि आशु देखिएको छ । यसले, उनको भूमिकालाई केही हदसम्म पुष्टी गर्न खोजेको छ ।

सुनिल कुमार थापाको निर्माणमा बन्ने यो चलचित्र वि.सं २०८० साल वैशाख १ गते रिलिज हुने भएको छ । यसअघि यही ब्यानरले बनाएको चलचित्र ‘ए मेरो हजुर ४’ पनि यो बर्षको पहिलो दिनबाट नै रिलिज गरिएको थियो ।

लभ स्टोरी जनराको यो चलचित्रमा नायक भने फाइनल गरिएको छ । सुहाना चलचित्रमा गीताको भूमिकामा देखिदैछिन् भने भगवत् को हुनेछन् भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *