आमिरपछि सलमानको ‘टाइगर ३’ पनि बायकटको सूचीमा

२ भदौ २०७९ १३:५३

सामाजिक संजाल ट्विटरमा विगत केही दिनदेखि बलिउडका केही चलचित्रलाई बहिष्कार गर्नुपर्छ भन्ने ट्रेन्डले तातिएको छ । नायक आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’लाई बायकट गर्न भन्दै ट्रेन्ड नै चलाएका केही यूजर्सले अब नायक सलमान खानको नयाँ चलचित्र ‘टाइगर ३’लाई पनि बायकट गर्नुपर्ने भन्दै ट्रेन्ड चलाएका छन् ।

उनीहरुले, बलिउडका तीन खानको यूग सकिएको भन्दै ट्रोल गरिरहेका छन् । नायक सलमान खानले पाकिस्तानलाई साथ दिएको भन्दै उनको पुरानो एक भिडियो समेत भाइरल भैरहेको छ । यो भिडियो शेयर गर्दै यी पुराना दिनहरु विर्सन नहुने भन्दै ट्रोल गरिएको छ ।

साथै, सलमानले गरेका केही अपराधको सूची समेत सार्वजनिक गर्दै उनलाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड सुरु भएको छ ।

सलमान अभिनित ‘एक था टाइगर’ निर्माण भएको १० बर्ष पुरा भएको छ । सलमानको ‘टाइगर ३’ आउँदो बर्षको अप्रिलमा रिलिज हुँदैछ । सलमानका निरन्तर चलचित्र असफल भैरहेको समयमा यो चलचित्रले बक्स अफिसमा बलियो कमाई गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *