आर्यनको ‘सायरा’लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

२ भदौ २०७९ १३:३९

नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्र ‘सायरा’लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र निर्देशक देसाईविच आज कागजी संझौता भएको हो ।

निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली. को तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँपछि चलचित्रको छायांकन हुने बताए । उनले भने–‘हाम्रो चलचित्रमा काम गर्न विशालजी तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली चलचित्रको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई विश्वास गर्नुभएको देख्दा खुशी पनि लागेको छ ।

निर्देशक देसाईले भने–‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली चलचित्रको अफर आएकाले म काम गर्न तयार भएको हुँ ।’ देसाइले आफू अहिलेसम्म नेपाल नआएपनि नेपालीको जीवनशैलीसँग आफू जानकार रहेको बताए ।

निर्देशक देसाईले ‘वीरगति र ढोल’ नामक चलचित्र निर्देशन गरेका छन् । यस्तै, उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरेका छन् । यो चलचित्रको छायांकन ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *