फिल्म बायकटको बारे बोले अर्जुन–‘मौन बसेर हामीले गल्ती गर्यौं’

२ भदौ २०७९ ७:२०

बलिउडमा रिलिज हुने हरेक चलचित्र बायकटको चपेटमा पर्न थालेका छन् । विनाकारण, हरेक कलाकारका चलचित्रलाई बहिष्कार गर्नुपर्ने भन्दै एउटा समुह ट्विटरमा सक्रिय भएको पाइन्छ । उनीहरुले, विशेषगरि साहरुख खान, सलमान खान र आमिर खानका चलचित्रमा बढी निशाना लगाएका छन् ।

अब, यो क्रम अक्षय कुमार, ऋतिक रोशन जस्ता नायकहरुको चलचित्रमा पनि लागू हुन थालेको छ । तर, यो बिषयमा बलिउडकर्मीहरुले एक अर्काको साथ दिएका छैनन् । अधिकांश, यो बिषयमा मौन नै बस्ने गरेका छन् ।

यो बिषयमा पहिलो पटक मुख खोल्दै नायक अर्जुन कपुरले, मौन बसेर सबैले गल्ती गरेको तर्क पेश गरेका छन् । उनले भने–‘हामी सबैले यो बिषयमा मौन बसेर ठूलो गल्ती गरेका छौं । जतिबेला सबै जना यो बिषयमा मौन बसेर आफ्नो प्रतिष्ठा बनाइरहेका थिए सोही समयमा नै मानिसहरुले यसको फाइदा लिएका हुन् । बलिउडका मानिहरुले काम नै बोल्छ भनेर सोचिरहेका छन् । तर, अब ट्रोलर्सले यसलाई बानी नै बनाइसकेका छन् ।’

अर्जुनले अब बलिउडकर्मीले यो बिषयमा खुलेरै कुरा गर्नुपर्ने पनि तर्क गरेका छन् । उनले भने–‘मानिसहरु जे लेख्छन्, त्यो सत्यताबाट धेरै टाढा हुन्छ । हामीले कुनै पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने चलचित्रमा काम गर्दा मानिसहरुले हाम्रो नामले नभएर चलचित्रको नामबाट मन पराउँछन् । अब, यो निक्कै धेरै भैसकेको छ र यो गलत हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *