पुष्पको बोल्ड कदमः ‘कृष्णलीला’ नचले पारिश्रमिक फिर्ता गर्ने

२ भदौ २०७९ ७:०१

अहिले नेपालमा चलचित्र निर्माण गर्न गाह्रो छ भनिन्छ । यसको एउटा कारण, कलाकारको पारिश्रमिक पनि हो । कलाकारले नै चलचित्रका लागि महंगो पारिश्रमिक लिदा मेकरको लगानी अनावश्यक रुपमा बढिरहेको छ । तर, चलचित्र चल्यो भने कलाकारहरु अर्को चलचित्रमा फेरि पारिश्रमिक बढाइदिन्छन्, असफल भयो भने मेकरको टाउकोमा सबै बोझ थोपरिन्छ ।

यसैले, पनि कलाकारहरुले शेयरमा काम गर्नुपर्छ भन्ने खालका तर्क नउठेका होइनन् । तर, यही बिचमा नायक पुष्प खड्काले भने बोल्ड कदम उठाएका छन् । उनले चलचित्र ‘कृष्णलीला’ नचलेको खण्डमा पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

हाम्रो सिनेमासँग कुरा गर्दै पुष्पले भने–‘चलचित्र नचल्दा कलाकारको पनि केही न केही दायित्व हुनुपर्छ भन्ने मलाई लाग्छ । मेकर मात्र मर्कामा पर्दा समस्या हुन्छ । यसैले, यो चलचित्र चलेन भने पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेको हुँ ।’

पुष्पले तर, पारिश्रमिक फिर्ता गर्ने अवस्था नआउने बताए । चलचित्रको कथावस्तु उत्कृष्ट रहेको र दर्शक पनि उत्साहित रहेकाले चलचित्र चल्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

दिपक वलीको निर्देशनमा तयार यो चलचित्रमा पुष्पको साथमा श्रद्धा क्षेत्री मुख्य भूमिकामा छिन् । चलचित्रले अटिजम भएको एक पुरुषको प्रेमकथा प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *