तेलुगु फिल्म ‘कार्तिकेय २’को बलियो वर्ड अफ माउथ

२ भदौ २०७९ ६:१८

तेलुगु चलचित्र ‘कार्तिकेय २’ले हिन्दी भाषामा समेत बलियो व्यापार गरेको छ । पहिलो दिन शनिबार ७ लाखको मात्र व्यापार गरेको यो चलचित्रले आइतबार २८ लाख र सोमबार १.१० करोडको व्यापार गर्यो । यो चलचित्रले मंगलबार पनि गज्जबको व्यापार गरेको छ । विशेषगरि, बलियो वर्ड अफ माउथ भएपछि यो चलचित्रको व्यापार बढेको हो ।

भारतमा हिन्दी भाषामा समेत बलियो व्यापार गरेपछि यो चलचित्रलाई नेपाली वितरकले समेत आउँदो शुक्रबारदेखि रिलिज गर्दैछन् ।

यो एक साहसिक थ्रिलर चलचित्र हो । चन्दु मोन्डेटीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरन, अनुपम खेर लगायतका कलाकारको अभिनय छ । ३० करोडको बजेटमा बनेको यो चलचित्रले रिलिजको ४ दिनमै भारतबाट ३२ करोड भन्दा बढीको व्यापार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *