‘प्रेमगञ्ज’मा बेनिशाको उत्कृष्ट अभिनय

२ भदौ २०७९ ६:०८

सामान्य गसिप र खबरले पनि नायिका बेनिशा हमालको मन दुख्छ । उनी, सोही कुरालाई लामो समयसम्म सोचिराख्छिन् र आफूलाई एक्लै छाडिदिन्छन् । सायद, चलचित्र ‘स्वर’बाट यो क्षेत्रमा डेब्यू गरेपछि बेनिशालाई यो क्षेत्रमा हुने विभिन्न खालका चर्चा र परिचर्चाले वाधा गरेको हुनुपर्छ । उनी, न त अभिनयमा खुल्न सकिन् न त चर्चाको हिसाबले नै ।

तर, उनले चलचित्र क्षेत्रको अवस्था र यहाँ काम गर्ने तरिका बल्ल वुझेको हुनुपर्छ । बेनिशा अभिनयमा खुल्न थालेकी छिन् । अभिनयमा आफूलाई जिवन्त रुपमा प्रस्तुत गर्न थालेपछि उनले अधिकांशको ध्यान पनि खिचेकी छिन् ।

सिनियर निर्देशक नरेश पौड्यालले बेनिशासँग चलचित्र ‘प्रेमगञ्ज’ हेरेपछि उनको प्रशंसा गरे । बेनिशाले चलचित्रमा उम्दाको अभिनय गरेको उनको तर्क थियो । यो चलचित्रलाई प्रिमियरमा हेरेका र भोलीबाट हलमा हेर्ने दर्शकले पनि उनको प्रशंसा पक्कै पनि गर्नेछन् ।

तर, अभिनयमा यति अब्बल बेनिशा किन यति पछाडि ? किन उनी आफूलाई बाहिर ल्याउन सक्दिनन् । बेनिशा भन्छिन्–‘म रिजर्भ स्वभावकी छु । यसैले, पनि हुनसक्छ मलाई मुल्यांकन गर्न दर्शक र मिडियाकर्मीलाई केही गाह्रो भएको । तर, म आफूलाई प्राप्त हुने हरेक चरित्रलाई शत प्रतिशत निर्वाहा गर्न सक्छु भन्नेमा विश्वस्त छु ।’

बेनिशाले चलचित्र ‘प्रेमगञ्ज’ गज्जबको अभिनय गरेकी छिन् । उनको प्रवेश भएसँगै चलचित्रले अर्कोे लय समात्छ र अन्तिमसम्म दर्शकलाई बाँधी राख्छ । यसैले, पनि बेनिशा चलचित्रको मुख्य हाइलाइट हुन् ।

बेनिशाले चलचित्र ‘छक्का पन्जा ४’मा पनि अभिनय गरिरहेकी छिन् । ‘झ्यानाकुटी, ब्लाइन्ड रक्स’ जस्ता चलचित्रबाट आफूलाई पुष्टी गरिसकेकी यी नायिकाले ‘प्रेमगञ्ज’बाट करिअरमा नयाँ आयाम थपेकी छिन् । क्लासको ‘प्रेमगञ्ज’ र मासको ‘छक्का पन्जा ४’ले उनको करिअरलाई पनि नयाँ उचाईमा लैजाने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *