प्रिमियरमा ‘माइकल अधिकारी’लाई सुखद प्रतिक्रिया, उत्साहित श्रृष्टी

२ भदौ २०७९ ५:५१

भोली शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘माइकल अधिकारी’लाई चलचित्रकर्मी, पत्रकार र राजनीतिज्ञले सुखद प्रतिक्रिया दिएका छन् । बुधबार बेलुकी काठमाडौंको गोपिकृष्ण हलमा आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी, पत्रकार र राजनीतिज्ञ पुगेका थिए ।

चलचित्र हेरेपछि रञ्जित रौनियार निर्देशित फरक कथालाई नायिका रेखा थापाले उत्कृष्ट भनिन् । उनले, आफू सौगात मल्लको पहिलेदेखि नै फ्यान भएको भन्दै नायिका श्रृष्टी श्रेष्ठ अबको सुपरस्टार भएको तर्क पेश गरिन् ।

मिडियाकर्मीबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले चलचित्रले फरक बिषय उठाएको बताए । उनले, यस्तो बिषय उठाउने हिम्मत गरेकोमा निर्माता र निर्देशकलाई बधाई समेत दिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डाक्टर भोला रिजाल, नायक शिव श्रेष्ठ लगायतले पनि यसलाई उत्कृष्ट चलचित्र भनेका छन् । नेपाली समाजमा घट्दै आएको घटनालाई कमेडी र गम्भिरतामा जोडेर चलचित्र बनाएको भन्दै उनीहरुले मेकरलाई बधाई दिए ।

सेरोगेसीको कथामा बनेको यो चलचित्रमा सौगात र श्रृष्टीका अलवा ऐनी कुँवर, आशान्त शर्मा लगायतको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *