‘माइकल अधिकारी’को गीतमा सौगात र श्रृष्टीसँगै नाचे यशराज र सुष्मा

१ भदौ २०७९ २:४४

भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइकल अधिकारी’मा समावेश ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक गरिएको छ । युट्युबबाट सार्वजनिक गरिएको लोकलयको यो गीतमा शम्भुजित बास्कोटा, रवि ओड र टिका प्रसाँइको स्वर, दयाराम पाण्डेको शब्द तथा शम्भुजित बाँस्कोटाको संगीत छ ।

रञ्जित रौनियारको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् । चलचित्रको यो गीतमा अतिथी कलाकारको रुपमा कलाकार यशराज र सुष्मा कार्कीले नृत्य गरेका छन् । चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त वुढाथोकी, विद्या कार्की लगायतको अभिनय छ ।

आर्या पौडेल र केभिन परियारले चलचित्रमा बाल–कलाकारको रुपमा काम गरेका छन् । आर्थिक अभावले आफ्नै कोख समेत भाडामा लगाउने महिलाको कथामा यो चलचित्र बनेको छ ।

शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको चलचित्रमा राजु विक्रम थापाको छायांकन, मित्र डी गुरुङको सम्पादन, शम्भुजित बाँस्कोटा र रेभान सिंहको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *