२ लाख पुरस्कारको ‘नेक्स्टर सुपर मोडल नेपाल’का लागि आवेदन खुला

१ भदौ २०७९ २:११

ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । आयोजकले विज्ञप्ती जारी गर्दैसन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ ।

१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगिताको अडिसन भाद्र ११ गते हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोवल अनलाईन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।

आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, ¥याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरु प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *