धिरज मगर भन्छन्–‘म कसैको ठाउँ खोस्न यहाँ आएको होइन’(भिडियो)

३१ साउन २०७९ १७:२७

नायक धिरज मगरले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट करिअर सुरु गर्दा नै उनलाई नेपाली चलचित्र क्षेत्रले स्टार नायकको दौडमा राखिसकेको छ । तर, दोश्रो चलचित्र दर्शकमाझ ल्याउन उनले केही समय लगाए ।

डेब्यू चलचित्रकी निर्देशक रेनशा वान्तवा राईको नै दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गरेका धिरज यो चलचित्र रिलिज हुन नपाउँदा पछि परे । तर, उनका लागि रिलिजको आधारमा दोश्रो चलचित्र ‘बाबरी’ हुनेछ । यो चलचित्र असोजको १४ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा मिडियासँग गफिएका धिरजले आफू यो क्षेत्रमा कसैको पनि स्थान खोस्न नआएको बताए । उनले भने–‘मैले पहिलेबाट नै भन्दै आएको कुरा के हो भने, म यहाँ स्टार बन्न आएको होइन । मलाई कलाकार बन्नुछ । हरेक चलचित्रमा नयाँ र फरक भूमिकामा काम गर्ने मन छ ।’

धिरजले आफूले अहिलेसम्म यो क्षेत्रमा कुनै पनि स्थान नबनाएको र भर्खरै अगाडि बढ्दै गरेको तर्क समेत प्रस्तुत गरेका छन् ।

नायक धिरज मगरलाई नेपाली चलचित्रको स्टार नायकको रुपमा लिइन्छ । तर, धिरजले भने आफू यो क्षेत्रमा कलाकार बन्न आएको र कसैको भाग नखोस्ने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *