सोनामपछि ‘सम्हालिन्छ कहिले मन’मा आकाशसँग पूजाको रोमान्टिक अवतार

३० साउन २०७९ १५:०८

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत ‘जरुरी कुरा छ’लाई दर्शकले अत्याधिक मन पराए । यो गीतले पनि चलचित्रको व्यापारमा मद्दत गर्न सक्छ ।

ट्रेलर भने अपेक्षित रिलिज भएन । तर, यसको निर्माणपक्षले चलचित्रमा समावेश अर्को रोमान्टिक गीत सार्वजनिक गरेको छ । ‘हराएँ हराएँ’ बोलको गीतमा नायक नायिका रोमान्टिक बनेका छन् । बेलायत र मुस्ताङमा छायांकन गरिएको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको प्रेमभाव झल्किएको छ । ताराप्रकाश लिम्बु र अनु चौधरीको सवर रहेको गीतमा आनन्द अधिकारीको शब्द, ताराप्रकाशको संगीत छ ।

स्कटल्याण्डका रमणीय लोकेशनमा सौरभ लामाको क्यामेराको जादु भिडियोमा चलेको छ । कविराज गहतराजको भिडियोमा कोरियोग्राफी छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय छ । एबी इन्टरटेनशनलसँग भिक्टर सिनेमा लिमिटेडले सहकार्य गर्दै यो चलचित्रलाई निर्माण गरेको हो ।

चलचित्रमा अमित बस्नेत, अजित केआर थापा, परि रानाको लगानी छ । भदौको १७ गतेबाट यो चलचित्र देशभर रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *