समीक्षकले साथ दिदा पनि बढेन अक्षयको ‘रक्षा बन्धन’को व्यापार

२९ साउन २०७९ १०:१२

बलिउडका चर्चित ट्रेडदेखि समीक्षकहरुले समेत राम्रो भनेको चलचित्र ‘रक्षा बन्धन’को व्यापार तेश्रो दिन पनि खासै गतिलो देखिएन । यो चलचित्रले पहिलो दिन ८.२० करोडको ओपनिङ गरेको थियो । शुक्रबार चलचित्रको व्यापारमा गिरावट आयो र व्यापार ६.४० करोडमा खुम्चियो ।

तर, शनिबार बिदाको दिनमा पनि चलचित्रको व्यापारमा खासै ठूलो फेरबदल आएको छैन । शनिबार यो चलचित्रले ६.५१ करोडको कमाई गरेको छ । यसरी यो चलचित्रले ३ दिनमा २१.११ करोडको व्यापार गरेको छ ।

यो चलचित्रलाई बलिउडका ठूला ट्रेड मानिएका तरण आदर्शले उत्कृष्ट भनेका थिए । आनन्द एल रायको निर्देशनलाई उनले उत्कृष्ट भनेपनि उनको साथको प्रभाव बक्स अफिसमा देखिएको छैन । दाई बहिनीविचको सम्बन्ध र दाँइजोको कथालाई यो फिल्मले उठान गरेको छ । तर, फिल्मको कथावस्तुले दर्शकलाई भने छोएन ।

अक्षयको ‘बच्चन पाण्डे, बेल बटन, सम्राट पृथ्वीराज’ बक्स अफिसमा असफल छन् । अब, यो चलचित्रको व्यापारले उनलाई फेरि तनाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *