कार्मले गुपचुप रुपमा बिहे गरेको खुलासा, भदौ ४ मा बिहे भोज

२९ साउन २०७९ ९:३३

नेपाली चलचित्र क्षेत्रमा राम्रो अभिनय गर्ने नायकको रुपमा परिचित कार्म शाक्यले बिहे गरेका छन् । उनले, गतबर्ष नै विदेशी प्रेमिका एनी सोफीसँग बिहे गरेका हुन् । तर, उनले भदौ ४ गते बैबाहिक भोजको आयोजना गरेपछि उनले बिहे गरेको खुलेको हो ।

उनले परम्परागत नेवारी भोज भन्दै बिहेको भोजको कार्ड पठाएका छन् । उनको बिहे भोजमा आफन्त, परिवारका सदस्य, साथीभाई र केही चलचित्रकर्मी सहभागी हुनेछन् ।

कार्मले आफ्नो बिहे गतबर्ष नै भैसकेको र कोरोनाका कारण बिहे भोजमा ढिलाई भएको बताएका छन् । एनी यूरोपेली हुन् । कार्म भन्दा अगाडि कलाकार रेमनदास श्रेष्ठले पनि केही साता अगाडि आफ्नी विदेशी प्रेमिकासँग बिहे गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *