भदौ ३१ गतेबाट असोज १४ मा पुग्यो ‘बाबरी’

२९ साउन २०७९ ९:१८

भदौ ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’को प्रदर्शन मिति २ साता पोष्टपोन्ड भएको छ । यो चलचित्र अब दशैंको अवसर पारेर असोजको १४ गतेबाट रिलिज हुने भएको छ । यसअघि यो मितिमा चलचित्र ‘परदेशी २’ले प्रदर्शन मिति तय गरेको थियो । तर, ‘परदेशी २’ पोष्टपोन्ड हुँदै फागुणको ५ गते पुगेपछि ‘बाबरी’को प्रदर्शन मिति असोज १४ मा पुर्याइएको हो ।

यो चलचित्रको टिजर र २ गीतले दर्शकमाझ तहल्का मच्चाइसकेको छ । चलचित्रको ट्रेलर भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । ट्रेलर सार्वजनिक गर्नुभन्दा एक दिन अगाडि वितरकसँग सल्लाहा गरेर चलचित्रको प्रदर्शन मिति २ साता पोष्टपोन्ड गरेको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

चलचित्रमा नायक धिरज मगर, नायिका अदिती वुढाथोकी र नव–नायक धिरज नाडकरको मुख्य भूमिका छ । लभस्टोरी जनराको यो चलचित्रले व्यापारिक रुपमा सफलता पाउने आशा गरिएको छ ।

भदौ महिनामा धेरै चलचित्र भएपछि यसको मेकरले दशैंको बिदा खोजेको हो । यो चलचित्रको रिलिजको एक साता अगाडि ‘प्रेमगीत ३’ र एक सातापछि असोज २१ गते ‘२ नम्बरी’ रिलिज हुँदैछ । चलचित्रलाई पुष्पा अधिकारीले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *