एक सौन्दर्य प्रतियोगीताको निर्णायक बन्नका लागि अमेरिका हानिएकी नायिका स्वस्तिमा खड्का त्यहाँको समुन्द्री तटमा रमाएकी छिन् । विशेषगरि, नेपालका स्विमिङ पूलमा कहिलेकाही टू पिसमा देखिने स्वस्तिमालाई अमेरिकाको समुन्द्री तटले आकर्षित नगर्ने कुरै भएन ।
उनी, आफ्ना केही साथीहरुको साथमा समुन्द्री तटमा पुगेकी थिइन् । सो समुन्द्री तटमा कालो टू पिसमा रमाएकी उनको तस्वीर चर्चामा छ ।
स्वस्तिमाले चलचित्र ‘चिसो मान्छे’ रिलिज भएपछि नयाँ चलचित्र साइन गरेकी छैनन् । लगातार ४ वटा असफल चलचित्र दिएपछि हिट चलचित्रको खोजीमा रहेकी स्वस्तिमा विन्दास महशुश गर्न समुन्द्री तटमा रमाएकी हुन् ।