बेनिशाको मुस्कानमा लुकेको प्रेमको रहस्य

२८ साउन २०७९ ९:१२

नायिका बेनिशा हमालले अभिनय गरेको चलचित्र ‘प्रेमगञ्ज’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । साथै, बेनिशा विगत केही दिनदेखि चलचित्र ‘छक्का पन्जा ४’को पनि छायांकन गरिरहेकी छिन् ।

चलचित्र ‘प्रेमगञ्ज’मा बेनिशाले प्रेमीको यादमा तड्पिएकी एक प्रेमिकाको भूमिका निर्वाहा गरेकी छिन् । साथै, चलचित्रमा उनको बोल्ड आइटम नृत्य समेत छ ।

बेनिशाले करिअरमा थुप्रै प्रयोगात्मक चलचित्रहरु गरेकी छिन् । यसैले, पनि उनको करिअर कहिले कता त कहिले दौडिएको देखिन्छ । बेनिशा, चलचित्रमा आफूलाई सोही अनुसार नै अफर आएकाले काम पनि त्यसरी नै गर्नुपरेको बताउँछिन् ।

रोचक कुरा त के छ भने, कुनै पनि यूवकले बेनिशालाई प्रेम प्रस्ताव राख्यो भने उसको प्रस्ताव स्विकार गर्ने वा नगर्ने भन्ने निर्णय लिन नै बेनिशालाई ६ महिना लाग्छ । उनी, कुनै पनि यूवकसँग टाइमपास प्रेम होइन, जीवन नै जीउने सोचाइका साथ अगाडि बढ्छिन् । यसैले, कुनै पनि यूवकलाई वुझ्न बेनिशालाई लामो समय लाग्ने रहेछ ।

तस्वीरः राज मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *