‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर रिलिज

२८ साउन २०७९ ८:५६

असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक गरिएको हो ।

सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा नायक प्रदीप खड्का र नव–नायिका कृष्टिना गुरुङको प्रेमकथा देखाइएको छ । उनीहरुको प्रेममा राजगद्दी वाधक बनेको देखिन्छ ।

यो चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गरिएको हो । भारतका चर्चित आर्टिस्टहरुले यो चलचित्रको हिन्दी भाषामा स्वर दिएका छन् । हिन्दी भाषाको टिजर पनि वजनदार देखिएको छ ।

चलचित्रमा प्रदीप र कृष्टिनाको साथमा शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रको मेकिङ उच्च देखिएको छ । यो चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अड्कल लगाइएको छ । दशैंमा रिलिज हुने चलचित्रको हिन्दी व्यापारलाई समेत महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *